Friday, September 26, 2014

अमेरिकन डिभी असोज १५ देखि खुला

 source :- topnepalnews.com

सन् २०१६ को अमेरिकन डाइभर्सिटी भिसा 'डिभी' खुल्ला भएको छ । नेपाल स्थित अमेरिकन दुतावासले विज्ञप्ति निकालेर यहि असोज १५ गते तद अनुसार अक्टोर १ गते देखी डिभी चिठ्ठा कार्यक्रम खुल्ला हुने जानकारी गराएको छ ।
१५ गते बिहान ९ ३० बजेदेखि डिभी भर्न खुल्ला हुने जनाएको छ । डिभी भर्ने मिति कार्तिक १७ गते सम्मको लागि एक महिना रहेको दुतावासले जनाएको छ ।
डिभी चिट्ठामा प्रवेश गर्न शुल्क तिर्नु नपर्ने भन्दै दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत भनेको छ ।
आवेदन सम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वाकसिलो व्यक्तिको सहयोग लिन भन्दै दूतावासले भनेको छ, सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ आफै जिम्मेवार रहनुहुनेछ ।
२०१६ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन विद्युतीय रूपमा दर्ता तोकिएको अवधिभित्रमा गर्नुपर्ने समेत दुतावासले जनाएको छ । डिभी भर्न चाहने आवेदकले www.dvlottery.state.gov  वेवसाइटमा गएर तोकिएको मापदण्डमा भर्न सक्नेछन् ।
दर्ता गर्दा आफ्ना पतिरपत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचित गर्नु अनिवार्य हुनेछ।
दर्ता गरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ र प्रिन्ट गर्नु पर्नेछ। यसरी दर्ता गरिएको नम्वर नै डिभी भर्ने व्यक्तिको स्टेटस चेक गर्ने एक मात्र तरिका भएको दुतावासको भनाइ छ ।
आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना अनिवार्य राख्नु पर्नेछ। तर छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने जानकारी भने दुतावासले इमेलबाट दिने गर्दैन ।

No comments:

Post a Comment