Monday, September 29, 2014

आफूलाई कारबाही गरे नेपाली फुटबलमाथि प्रतिवन्ध लाग्ने गणेश थापाको चेतावनी

source :-onlinekhabar.com

१३ असोज काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाले आफूलाई कारबाही गरे नेपाली फुटबल नै दुर्घटनामा पर्न सक्ने चेतावनी दिएका छन् ।
लेखाले निर्देशन दिएको भोलिपल्ट सोमबार पत्रकार सम्मेलन गरेर थापाले एन्फामाथि हुने कुनै पनि कारबाहीले नेपाली फुटबल नै निलम्बनमा पर्न सक्ने बताए । उनले भने-‘मलाई डर छ कि नेपाल अन्तराष्ट्रिय नियमनकारी निकायको प्रतिवन्धमा पर्नसक्छ ।’
उनले निर्णय पुनर्विचार गर्न आग्रह गरे । ‘कानूनभन्दा माथि कोही छैन । कसैले गल्ती गरेको छ भने कारबाही गरेहुन्छ’ थापाले भने-तर, यस्तो अवस्थाले नेपाली फुटबललाई तहसनहस बनाउनसक्छ । गम्भीर अध्ययन गरेर मात्र निर्णय गर्नुपर्छ । नेपाली फुटबल र खेलाडीबारे सोच्नुस् ।’
एन्फा अन्तराष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले तोकेको क्षेत्राधिकारमा रहेर आफ्नो विधान अनुसार चल्ने भन्दै थापाले फिफा र एएफसीको विधानले कुनै पनि देशको फुटबल संघमाथि तेस्रो पक्षबाट हुने हस्तक्षेपलाई अस्वीकार गर्ने बताए ।
एन्फा अध्यक्ष थापाले एन्फाको हरहिसाव दिन तयार रहेको भन्दै अख्तियार र सम्पत्ति सुद्धीकरणले गर्ने छानविनमा सघाउने बताए ।
आफ्नो छोरा गौरवको नाममा एएफसीका पूर्व अध्यक्ष मोहम्मद विन हमामले दिएको रकमबारे अख्तियारले छानविन गरिसकेको दावी गरे ।
५८ करोड बढी भ्रष्टाचार गरेको देखिएको भन्दै संसदको लेखा समितिले आइतबार मात्र थापालाई अध्यक्षको हैसियतमा काम नगर्न निर्देशन दिएको छ भने छानविन गरेर कारबाही गर्न अख्तियार र सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागलाई भनेको छ ।

Hrithik Roshan Katrina’s Bang Bang To Beat Salman Khan’s Kick

source :- businessofcinema.com



 Will the Hrithik Roshan Katrina Kaif starer remake of Fox Star International’s Remake of Knight and day with camerian diaz , which flopped at the international box office be able to beat the latest record of opening day collections that the Salman Khan starer Kick made ? Thats the question on everyones mind, and if the film had got a solo release like Kick did then there would be no question of Bang bang getting the highest opening day ever at the indian box office. Haider staring Shahid and Shraddha’s film directed by Vishal Bharadwaj is also going to take up a lot of screen space , so getting the number of screens will be difficult for the Hrithik Roshan Katrina Kaif starer whose promos are creating a rage with the chemistry of the couple. The good news is that this is a 5 day weekend which is going to help both the films tremendously.Unlike Kick which released before Eid and hence had a lower opening than it could have taken on a holiday. Keeping the buzz and the release Hrithik Roshan Katrina Kaif ‘s Bang Bang is almost certain to break the highest ever opening day for a film in India.

Friday, September 26, 2014

अमेरिकन डिभी असोज १५ देखि खुला

 source :- topnepalnews.com

सन् २०१६ को अमेरिकन डाइभर्सिटी भिसा 'डिभी' खुल्ला भएको छ । नेपाल स्थित अमेरिकन दुतावासले विज्ञप्ति निकालेर यहि असोज १५ गते तद अनुसार अक्टोर १ गते देखी डिभी चिठ्ठा कार्यक्रम खुल्ला हुने जानकारी गराएको छ ।
१५ गते बिहान ९ ३० बजेदेखि डिभी भर्न खुल्ला हुने जनाएको छ । डिभी भर्ने मिति कार्तिक १७ गते सम्मको लागि एक महिना रहेको दुतावासले जनाएको छ ।
डिभी चिट्ठामा प्रवेश गर्न शुल्क तिर्नु नपर्ने भन्दै दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत भनेको छ ।
आवेदन सम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वाकसिलो व्यक्तिको सहयोग लिन भन्दै दूतावासले भनेको छ, सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ आफै जिम्मेवार रहनुहुनेछ ।
२०१६ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन विद्युतीय रूपमा दर्ता तोकिएको अवधिभित्रमा गर्नुपर्ने समेत दुतावासले जनाएको छ । डिभी भर्न चाहने आवेदकले www.dvlottery.state.gov  वेवसाइटमा गएर तोकिएको मापदण्डमा भर्न सक्नेछन् ।
दर्ता गर्दा आफ्ना पतिरपत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचित गर्नु अनिवार्य हुनेछ।
दर्ता गरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ र प्रिन्ट गर्नु पर्नेछ। यसरी दर्ता गरिएको नम्वर नै डिभी भर्ने व्यक्तिको स्टेटस चेक गर्ने एक मात्र तरिका भएको दुतावासको भनाइ छ ।
आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना अनिवार्य राख्नु पर्नेछ। तर छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने जानकारी भने दुतावासले इमेलबाट दिने गर्दैन ।

Thursday, September 25, 2014

हिरोका नजरमा कुन हिरोइन कस्ती?

source :- filmnepal.com
टेकराज थामी/नयाँ पत्रिका    
दयाहाङ राई अहिलेका चल्तिका नायक । यिनका नजरमा नाम चलेका दश नेपाली नायिका कस्ता छन त?

प्रियंका कार्की
फिल्म झोले हुँदै फन्कोसम्म आइपुग्दा मैले प्रियंकालाई नजिकबाट नियाल्ने मौका पाएँ । उनको कामप्रतिको लगाव मलाई मन पर्‍यो । उनमा चाँडै घुलमिल हुने अनौठो शैली छ । त्यसैले होला, भेटघाटको छोटो अवधिमै हामी राम्रो साथी बन्न पुग्यौँ । उनी हतपत रिसाउँदिनन् । व्यक्तित्व पनि राम्रो छ । तार्किक छिन् ।

अब्बल कलाकारमा हुने सबै गुण उनीसँग छ । कथाको गहिराइसम्म पुग्ने, विश्लेषण गर्ने र त्यसलाई सजीव तवरले अनुकरण गर्ने क्षमता छ, उनीमा । कलाका नौ रसलाई नै उनी पछ्याउन सक्छिन् । नृत्यमा पनि राम्रो दख्खल छ । ‘स्टेप’लाई टपक्क टिप्न सक्ने क्षमताको त म फ्यान नै हुँ । मलाई लाग्छ, नेपाली फिल्म उद्योगलाई उनले भावी दिनमा नेतृत्व गर्न सक्छिन् । उनी अध्ययनशील छिन् । फिल्मी एंगलबारे उनलाई राम्रो जानकारी छ । अमेरिकामा फिल्मसम्बन्धी गरेको अध्ययनले होला, उनी ‘टेक्निकल’ पनि छिन् ।

यद्यपि उनी वेला–वेला स्क्यान्डलमा फस्ने गर्छिन् । यस्तो हुनु साथी र समाजको अन्तरलाई छुट्याउन नसकेको परिणाम हो जस्तो लाग्छ । साथीसँग हामी मनका सबै कुरा खुलस्त पार्छौं ।

रेखा थापा

मैले रेखासँग काम गरेको छैन । तर, उनका सिनेमा हेरेको छु । वेला–वेला उनी स्क्यान्डलमा फस्ने गर्छिन् । त्यो स्वाभाविकझैँ लाग्छ । किनकि, उनी स्टार हुन् । प्रचण्डसँग नाचेको प्रसंग हेरौँ न । त्यस दिन प्रचण्डसँग कम्मर जोडेर नाच्ने त अरू पनि थिए नि । तर, चर्चामा रेखा मात्रै आइन् । यद्यपि उनीमा म्याच्युरिटी छ जस्तो लाग्दैन । झिना–मसिना प्रसंगमा पनि कमेन्ट गर्ने बानी छ । कति विषयवस्तुमा साइलेन्ट रहँदा ठीक हुन्छ । केटाकेटीपनले त आफैँलाई सिध्याउँछ नि ।

केकी अधिकारी
पछिल्लो पुस्तामा भाग्यमानी कलाकार हुन्, केकी । बर्न विथ सिल्भर स्पुन भन्छन् नि, केकीको हकमा त्यो लागू हुन्छ । उनले कलाकारिता क्षेत्रमा त्यति संघर्ष गर्नुपरेन, जति अरूले गरेका छन् । किनकि, पारिवारिक माहोल नै उनको त्यस्तै छ । यद्यपि उनमा कुनै घमण्ड छैन । रेस्पेक्ट गर्ने र घुलमिल हुने बानी छ ।

मैले उनीसँग फिल्म फन्कोमा काम गरेको छु । उनको क्षमताबारे पहिले नै सुनेको थिएँ । जुन कामको सिलसिलामा उनले प्रमाणित गरेर देखाइन् । इनोसेन्ट छिन् उनी । कामप्रतिको लगाव असाधारण लाग्छ । चरित्रअनुसार आफूलाई ढाल्न सक्छिन् ।

उनी एजुकेटेड छिन् । नेपाली चलचित्र उद्योगलाई विदेशसम्म विस्तार गर्न उनीजस्तै एजुकेटेड पर्सनको खाँचो छ । त्यो खाँचो उनले पूर्ति गर्न सक्छिन् ।

करिश्मा मानन्धर
रेस्पेक्ट गर्छु म उहाँको योगदान र क्षमतालाई । नेपाली सिनेमा अहिले जहाँ पुगेको छ, त्यसमा उहाँहरूको पसिना छ । तन्नेरी भएदेखि नै म उहाँको फ्यान हुँ । मैले उहाँको सिनेमा हेरेको छु । उहाँको व्यक्तित्व मन पर्छ । नेपाली हिरोइनमा नाम लिँदा म उहाँको लिन्छु । नायकमा त राजेश हमाल नै हो । नेपालमा कोही रियल सेलेब्रिटी छन् भने उहाँहरू नै हो । म त उहाँहरूलाई सिनेमाको लिजेन्ड नै भन्छु । उहाँहरूले आफ्नो स्टारमडम अझै पनि मेन्टेन गर्न सक्नु राम्रो पक्ष हो । उहाँहरू सिनेमा क्षेत्रमा अचेल कम देखिनुहुन्छ । त्यसो हुनु ठीक हो जस्तो लाग्दैन ।

गौरी मल्ल
उहाँबाट म अति नै प्रभावित छु । उहाँको पहिलो फिल्म हेरेको छु । त्यसबाटै प्रभावित थिएँ । त्यो छाप अद्यापि छ । व्यक्तित्व अत्यन्त आकर्षक छ । उहाँमा चरित्रको गहिराइसम्म पुगेर अभिनय गर्ने क्षमता असाधारण छ । अहिले उहाँ कता हुनुहुन्छ, थाहा भएन । तर, उहाँहरूजस्ता कलाका पुजारीहरू सिनेमा क्षेत्रमै रहँदा राम्रो हुन्छ । उहाँहरूको अनुभवले नेपाली सिनेनगरीलाई अझ समृद्ध बनाउन सक्छ ।

नम्रता श्रेष्ठ
म उनलाई बहिनी भन्छु । मेरो एउटा साथी छ, छड्के र सम्बोधनमा सँगै काम गर्‍यौँ । उनी चुजी छिन्, सबै काम छानेर मात्रै गर्ने । यद्यपि उनको स्वभाव मन पर्छ । रेस्पेक्ट गर्ने र घुलमिल हुने क्षमताको म तारिफ गर्छु । व्यक्तित्व पनि राम्रो छ, उनको । सजिलै प्रभाव जमाउन सक्ने क्षमता छ ।

क्षमताका आधारमा उनी अब्बल छिन् । चरित्र रिड गर्ने र त्यसलाई चित्रण गर्ने क्षमताको पनि म तारिफ गर्छु । कामप्रतिको लगाव उनीमा विलक्षण छ । अभिनयमा जीवन भर्ने कला सजिलो छैन । तर, उनले सक्छिन् । उनको सानो संसार सिनेमाबाट म प्रभावित छु । सानो संसारलाई उनले वास्तवमै जीवन भरेकी छिन् । यसकारण पनि उनी पहिलो चलचित्रबाटै स्थापित हुन सफल भएकी हुन् । उनी कलालाई राम्ररी बुझ्न सक्छिन् । नेपाली चलचित्र उद्योगलाई लिड गर्ने क्षमता छ, उनीमा । उनी संघर्षशील छिन्, हर समस्यासँग जुध्न सक्छिन् । समाजलाई बुझेर व्यवहार गर्न उनी माहिर छिन्, यो उनको अनुकरणीय क्षमता हो ।

मिथिला शर्मा
नेपाली सिने क्षेत्रकी आइडल हुनुहुन्छ, मिथिलादिदी । मेरो डाइरेक्सनमा बनेको एउटा सर्ट फिल्ममा उहाँले अभिनय गर्नुभएको थियो । उहाँको क्षमतालाई नजिकबाट नियाल्ने मौका त्यही वेला मिलेको हो । उहाँको कामलाई म रेस्पेक्ट गर्छु । नृत्यको त उहाँ गुरुआमा नै हो । नृत्य र अभिनय दुवैको संगम एउटै व्यक्तिमा छ भने त्यो मिथिलामा छ । उहाँबाट कला क्षेत्रका नयाँ पुस्ताले सिक्नुपर्ने धेरै पक्ष छन् । त्यसका लागि उहाँजस्ता लिजेन्ड कला क्षेत्रमा निरन्तर रहनुपर्छ ।

झरना बज्राचार्य
मिस नेपालपछि कला क्षेत्रमा प्रवेश गरेकी हुन्, झरना । उनको बौद्धिकताको म फ्यान हुँ । उनी तार्किक छिन् । अध्ययनशील छिन् । छानेर मात्रै सिनेमा खेल्छिन् । व्यक्तित्व आकर्षक छ । आफ्नो धारणा प्रस्टसँग राख्न सक्छिन् । हिरोइनमा हुनुपर्ने सबै गुण छ । नृत्य गर्ने क्षमता छ ।

एक्टिङमा भिज्न सक्छिन् । उनीसँग काम नगरे पनि मैले उनको सिनेमा हेरेको छु । त्यसैको आधारमा भन्दै छु । म उनलाई ‘पर्फेक्ट हिरोइन’ भन्न रुचाउँछु । उनी सिनेमा क्षेत्रबाट बिस्तारै टाढा हुँदै गरेको मैले महसुस गरेको छु । किन हो, थाहा छैन । यद्यपि म्युजिक भिडियोमा देखिन्छिन् । उनीसँग अनुभवले निखारिएको क्षमता छ । यसलाई प्रयोग गर्न आवश्यक छ ।

ऋचा शर्मा
हाम्रो टिम, हाइवे, लुट, टलक जंग भरसेर टुल्केमा मैले ऋचासँग काम गरेको छु । कलाकारमा हुनुपर्ने सबै गुण छ, उनीमा । चरित्र बुझ्ने क्षमता छ । चित्रण गर्ने पक्ष अझ सबल छ । कामप्रतिको लगाव र इमानदारिता नै स्थापित हुने मुख्य हतियार हो । उनका यी दुवै हतियार तेज छन् ।

नृत्यमा पनि उनी त्यत्तिकै पारंगत छिन् । रेस्पेक्ट गर्ने र घुलमिल हुने गुणले उनका धेरै मित्र छन् । उनीसँग चलचित्रसम्बन्धी अध्ययन पनि छ । उनले विदेशमा गएर अध्ययन गरेकी छन् । त्यसैले अभिनयको प्रत्येक एंगलबारे उनी जानकार छिन् । नेपाली चलचित्र क्षेत्रलाई उचाइमा पुर्‍याउने क्षमता म उनीमा देख्छु । विनाप्रसंग धेरै बोल्ने बानीले उनलाई घाटा गराउन सक्छ । विनाप्रसंगका विषयमा पनि उनी बोल्ने गर्छिन्, जुन ठीक होइन । यस्ता बानीलाई सुधार गरे राम्रो ।

रिस्मा गुरुङ
संगत गरेको थोरै अवधिमै प्रभावित पारिन्, रिस्माले । उनले न कुनै थियटरमा काम गरेकी छिन्, न त कुनै ठूला प्रोजेक्टमा नै । यद्यपि उनमा यस्तो क्षमता पाएँ, जुन बिरलैसँग हुन्छ । फिल्म कबड्डीमा सँगै काम गर्‍यौँ । चरित्रअनुसारको पात्र छानेका थियौँ । सुरुमा उनी अलि नर्भस भइन् । उनले सक्दिनन् कि भनेर हामी डराएका थियौँ । तर, जब फिल्डमा गयौँ, उनले त जादु नै गरिन् । नर्भसनेसको छिटोसम्म पनि उनको भावभंगिमा देखिन्नथ्यो । फिल्म चलेपछि समीक्षकबाट समेत उनको कामको तारिफ भएको पाएँ । अवसर पाए उनले कलाकारितामा केही नयाँ गर्न सक्छिन्