Tuesday, October 21, 2014

आधा मुटु भएका बालकलाई पौडीले बँचायो





भिडियो हेर्न को लागी माथि क्लिक गर्नुहोला


source:-onlinekhabar


जन्मिँदा केवल आधामात्र मुटु भएको मान्छे के बाँच्न
सम्भव छ ? हामीकहाँ त कदापि छैन । तर बेलायतमा भने आधा मुटु लिएर जन्मेका एक बालकको स्वास्थ्यमा चामत्कारिक सुधार आयो र अहिले उनी लगभग स्वस्थ बनिसकेका छन् । जन्मिँदाखेरि नै डाक्टरहरुले बच्चा बाँच्ने सम्भावना केवल ५० प्रतिशत मात्र रहेको बताएका थिए । तर चिकित्सा विज्ञानलाई कडा चुनौति दिँदै उक्त बच्चाले आफ्नो मृत्युलाई पराजित गर्न सफल भएको छ । मृत्युसँगको लडाइँमा पौडी थेरापी उनको सारथी बनेको छ। मृत्युसँगको लडाइँमा पौडी थेरापी उनको सारथी बनेको छ ।
बेलायतको बि्रगटनका ती बालकलाई जन्मिएको केही घण्टामै मुटुको शल्यक्रिया गर्नुपर्ने भयो । तर जन्मिँदाबित्तिकै गरिने त्यस्तो शल्यक्रिया निकै जोखिमपूर्ण हुने र बालक बाँच्ने सम्भावना निकै कम हुने डाक्टरहरुले बताएका थिए । उनको मुटुको शल्यक्रिया भयो, शल्यक्रिया पछि उनलाई खतरनाक हृदयाघात भयो र मुटुमा संक्रमण पनि भयो । उनको मुटुमा पटक पटक संक्रमण भएपछि उनलाई धेरैपटक अस्पतालमा भर्ना गर्नुपर्यो । एक वर्षसम्म मर्नु र बाँच्नु भएर बाँचेका ती बालकलाई जब उनकी आमाले पोखरीमा पौडि खेलाउन लगिन् तब उनको अवस्थामा नाटकिय सुधार भयो ।
ती बालककी आमा लुसी बुसबेले बच्चालाई नियमित रुपमा पोखरीमा लगेर पौडि खेलाउन थालेपछि ती बालकको स्वास्थ्य निकै सुधि्रयो । आफ्नो छोरा पानीमा बाँच्ने खालको रहेको लुसी बताउँछिन् । अहिले हरेक हप्ता छोरालाई पौडी खेलाउँछिन् उनी ।
अहिले आधा मुटु भएको त्यो बालक १७ महिनाको भैसकेको छ र ऊ हिँडन्, दौडिन, बोल्न तथा पौडिन समेत सक्छ । तर दौँडिदा भने उसलाई स्वास फेर्न निकै गाह्रो हुन्छ । पौडिँदा भने बालकलाई निकै सजिलो हुने आमा लुसी बताउँछिन् ।
ती बालकलाई हिप्लोब्लास्टिक लेफ्ट सिन्ड्रोम रोग लागेको छ । यो निकै दुर्लभ जन्मजात रोग लागेका मानिसको मुटुको बायाँ भेन्टि्रकलले रगत पम्प गर्न सक्दैन ।









बाँदरको सेल्फीले ल्यायो अचम्मको विवाद, यस्तो छ चर्चित सेल्फी




भिडियो हेर्न को लागी माथि क्लिक गर्नुहोला



source:-onlinekhabar


इण्डोनेसियाको एउटा कालो बाँदरले खिचेको आफ्नै सेल्फी तस्वीरको प्रतिलिपि अधिकार सम्बन्धि विवाद उत्कर्षमा पुगेको छ । सुलावेसी द्विपमा ३ वर्ष
अगाडि बाँदर आफैले फोटोग्राफरको हातको क्यामरा खोसेर खिचेको आफ्नै सेल्फीको अधिकारको विषयमा विकिपेडिया र फोटोग्राफरबीच द्वन्द चलेको छ । विकिपेडियाले उक्त चर्चित तथा विवादास्पद सेल्फीलाई आफ्नो साइटबाट नहटाउने अड्डी कसेको छ । तस्वीर बाँदरले खिचेको हुनाले कुनैपनि फोटोग्राफर मानिसले यसमाथि प्रतिलिपि अधिकारको दाबी गर्न नपाउने तर्क विकिपेडियाको रहेको छ । ‘यो तस्वीर इन्टरनेटमा सार्वजनिक रुपमा राखिएको छ किनकी यो कुनै गैरमानवको सिर्जना हो । कुनै मानव सर्जकले यसमाथि प्रतिलिपि अधिकारको दाबी गर्न सक्दैन’, विकिपेडियाले लेखेको छ । यो तस्वीरको कथा निकै रोचक छ । सन् २०११ मा सुलावेसीको जंगलमा डेभिड स्लेटरले आफ्नो क्यामराले संकटापन्न कालो प्रजातिको बाँदरको तस्वीर खिचिरहेका थिए । त्यसैक्रममा एउटा डाँगो बाँदर आएर उनको क्यामरा खोसेर लग्यो र अन्जानमै क्यामराको बटन दबाउन पुग्दा सयौँ तस्वीर क्लिक भए । ती मध्ये एउटा तस्वीर निकै चर्चित भयो, त्यो तस्वीर अरु कसैको नभएर सोही बाँदरको सेल्फी थियो । आफ्नो क्यामराले खिचिएको तस्वीरमा आफ्नो अधिकार हुनुपर्ने दाबी स्लेटरको रहेको छ । सोही दाबी प्रमाणित गर्न उनले विकिपेडियाको मातृ संस्था विकिमिडिया विरुद्ध कानूनी लडाइँ लड्ने विचार गरेका छन् । आफ्नो अनुमति विना विकिपेडियाले उक्त तस्वीर साइटमा राख्दा आफ्नो कमाइमा धक्का लागेको उनको दाबी छ । उनले विकिपेडिया विरुद्ध ३ लाख डलर क्षतिपूर्तिको माग सहित मुद्दा हाल्न लागेको बताइएको छ ।












Monday, October 20, 2014

महिलाको कुन अंगमा पर्छ पुरुषको पहिलो नजर ?



भिडियो हेर्न को लागी माथि क्लिक गर्नुहोला


source:-onlinekhabar.com






कुनै सुन्दर युवतीलाई देख्दा पुरुषको पहिलो नजर युवतीको कुन अंगमा पर्ला ? पहिलोपटक कुनै महिलालाई भेट्दा पुरुषले झ्वाट्ट कुन अंगमा नजर डुलाउला ? धेरैको उत्तर हुनसक्छ वक्षस्थल । तर एक अध्ययनले भने यो कुरा झुटो सावित गरिदिएको छ । एक अन्तराष्ट्रिय सर्भेक्षणबाट प्राप्त नतिजालाई विश्वास गर्ने हो भने पुरुषको पहिलो नजर महिलाको आँखामा पर्दछ ।

पहिलो नजर महिलाको आँखामा जुधाइसकेपछि पुरुषले त्यसपछि महिलाको कुन अंग हेर्छ होला ? यसमा पनि तपाइँको अनुमान नमिल्न सक्छ । पुरुषले दोश्रो नजर महिलाको मुख अर्थात् मुस्कानमा लगाउँछ । तेश्रो नजर बल्ल महिलाको वक्षस्थल वा कम्मर भन्दा तल्लो भागतिर पर्छ ।
डेलीमेलमा छापिएको खबर अनुसार सर्भेक्षणमा सहभागि गराइएका ७० प्रतिशत पुरुषले पहिलोपटक महिलासँग भेट हुँदा आफ्नो पहिलो नजर महिलाको आँखामा पर्ने बताए । बेलायती संस्था ड्रपले १ हजार पुरुष र १ हजार महिलामा गरेको सर्भेक्षण अनुसार महिलाको वक्षस्थल पुरुषको हेराइएको तेश्रो प्राथमिकतामा पर्छ ।
सर्भेक्षण अनुसार कतिपय पुरुषले महिलाको वजन तथा हेयर स्टाइलमा पनि विशेष ध्यान दिन्छन् । यी सबै कुरा राम्रो लागेपछि मात्र पुरुषले महिलाले लगाएका लुगा तथा महिलाको उचाइमा ध्यान दिन्छन् ।
पुरुषहरुले सबैभन्दा बढि बेवास्ता गर्ने वा सबैभन्दा पछि हेर्ने अंग भनेको महिलाको नाक रहेछ । अध्ययन अनुसार महिलाहरुले भने पुरुषको छातिमा पहिलो नजर पूराउँछन् । त्यसपछि पुरुषको उचाइ तथा छालाको रंगमा ध्यान दिन्छन् ।








गर्ने हो चकलेटमा पि एच डी ?



भिडियो हेर्न को लागी माथि क्लिक गर्नुहोला


source:-onlinekhabar.com




चकलेटमा विद्यावारिधी गर्ने चाहना छ ? त्यो पनि बेलायतमा ? खान पनि पाइने, डाक्टर पनि बनिने । कत्ति मज्जा हगि ?
हो, सुन्दा स्वप्निल अवसर जस्तो लाग्ने यो कुरा यथार्थ हो । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले यस्तो अवसर प्रदान गर्दैछ । क्याम्ब्रिजले चकलेटको विषयमा विद्यावारिधी गर्न इच्छुक अनुसन्धानकर्ताको लागि विज्ञापन खुलाएको छ ।
विज्ञापन अनुसार आवेदन गर्नेबाट छनोट हुने एक जना उमेद्वारलाई विश्वविद्यालयले पिएचडीको लागि छात्रवृत्ति उपलब्ध गराउनेछ । उक्त पिएचडी शोध तातो मौसममा चकलेट पग्लिनबाट कसरी रोक्न सकिन्छ ? भन्ने रहनेछ ।
विश्वविद्यालयको रसायनिक इन्जिनियरिङ तथा जैविक प्रविधि विभागले यो परियोजना अघि सारेको हो । यसमा विद्यावारिधी गर्ने शोधकर्ताले चकलेटलाई गर्मी मौसममा समेत नपग्लिने र ठोस रहन कुन तत्वले सहयोग पूराउँछ भन्ने विषय पत्ता लगाउनुपर्नेछ । साथै तापक्रम सहने चकलेटको उत्पादन कसरी गर्न सकिन्छ भन्ने कुरा पत्ता लगाउनुपर्नेछ ।
सामान्यतया मानिसको सरीरको तापक्रम जत्तिकै तातोमा समेत पग्लिने चकलेट सामान्य गर्मी सुरु भएपछि समेत पग्लिएर गिलो हुने भएका कारण चकलेट कम्पनीहरुलाई टाउको दुखाइ बन्ने गरेको छ । चकलेट पग्लिएकै कारण धेरै चकलेट कम्पनीलाई बेलाबेलामा घाटा समेत लाग्ने गरेको र उपभोक्ताको रुची घट्ने गरेको पाइएको छ ।
विश्वविद्यालयको वेबसाइटमा राखिएको जागिरको विज्ञापनमा भनिएको छ ‘शोधकर्तामा मुख्यतया प्रायोगिक चुनौति पार गर्न राम्रो गणितीय सिप हुनु आवश्यक छ ।’
चकलेटमा पि एच डी गर्न चाहनेले अगष्ट २९ सम्ममा आवेदन गरिसक्नुपर्नेछ ।
दुखको कुरा तपाइँ हामीले भने यसमा आवेदन गर्न पाउनेछैनौँ । विश्वविद्यालयले केवल युरोपेली देशका नागरिकका लागि यस्तो विज्ञापन गरेको हो ।










Friday, October 17, 2014

महिलाको वक्षस्थलका कारण दिनमा ५ सय सवारी दुर्घटना






source:-onlinekhabar.com

भिडियो हेर्न को लागी माथि क्लिक गर्नुहोला


महिला मोडेलहरुलाई उत्तेजक पोजमा प्रस्तुत गरिएका विज्ञापनका होर्डिङ बोर्डहरुका कारण सवारी दुर्घटना बढेको ठहर सहित काठमाण्डौ सहरमा त्यस्ता उत्तेजक होर्डिङ बोर्ड राख्न निषेध नै गरिएको छ ।
उत्तेजक होर्डिङ बोर्डहरुमा पुरुष चालकका आखा पर्ने र उनीहरुले चलाइरहेको गाडी अनियन्त्रित भै दुर्घटना हुने ठहर प्रहरीले गर्ने गरेको छ । यस्तो दुर्घटना हाम्रो देशमा मात्र होइन रुसमा समेत अझै भयानक रुपमा हुन थालेको छ ।
रुसमा महिलाका वक्षस्थलका कारण दैनिक ५ सय सडक दुर्घटना हुने गरेका छन् । समाचार अनुसार महिलाको वक्षस्थलको तस्वीर देखाइएको एक विज्ञापन अभियानका कारण मस्कोमा दैनिक ५ सय ट्राफिक दुर्घटना हुने गरेको छ ।
हातको समाइएको र निप्पल्समा निलो पोतेर ‘यिनीहरुले आकषिर्त गर्छन्’ भन्ने नारा लेखिएको महिलाको वक्षस्थलको नग्न तस्वीर सहितको भिमकाय विज्ञापन बोर्ड बोकेका ३० वटा ट्रक दिनभर मस्कोका सहरमा गुड्ने गरेका छन् ।
मस्कोमा यस्ता विज्ञापनयुक्त तस्वीर गुडिरहँदा सडकमा गाडि चलाइरहेका अन्य पुरुषहरुको आँखा उतैतर्फ पर्ने र मन अस्थिर भएर गाडि नै अनियन्त्रित भएर ठोक्काउने गरेको बताइएको छ । सोही कारण मस्कोमा एक दिनमा ५ सय १७ वटासम्म ट्राफिक दुर्घटना भएका छन् ।
एक विज्ञापन एजेन्सीले सुरु गरेको यस्तो मोबाइल विज्ञापन विधि पुलिसका लागि टाउको दुखाइएको विषय बन्यो र अन्ततः पुलिसले त्यस्तो अश्लिल विज्ञापनयुक्त ट्रकबाट वक्षस्थलका तस्वीर झिक्न लगायो ।
यस्तो मूर्खतापूर्ण विज्ञापन विधिको प्रयोग गर्ने सराफन विज्ञापन एजेन्सीले भने आफ्नो कामको बचाउ गर्दै आफुले नयाँ विज्ञापन विधिको आविष्कार गरेको दाबी गरेको छ ।
उता वक्षस्थल विज्ञापनका कारण दुर्घटनामा परेका सवारी धनीहरुले भने विज्ञापन एजेन्सी सँग क्षतिपूर्ति र विमा रकम दाबी गरेका छन् । एजेन्सीले भने विमा कार्यक्रमबाट विमा नपाउने कारधनीहरुलाई आफुले क्षतिपूर्ति दिने स्पष्ट पारेको छ ।






Wednesday, October 15, 2014

मनको राजा नपाएपछि युवतीले गरिन् आफैसँग बिहे



source:-onlinekhabar.com


भिडियो हेर्न को लागी माथि क्लिक गर्नुहोला



लामो समयसम्म जोडी नपाएर एक्लै बस्नु परेपछि दिक्क भएर एक महिलाले आफैसँग बिहे गरेकी छिन् । आफैसँग बिहे गर्ने विश्वकी ती पहिलो महिला बेलायती हुन् ।
पेशाले फोटोग्राफर रहेकी ३१ वर्षकी ग्रेस गेल्डरले एक विशेष समारोहका बीच आफैलाई बिहे गरेकी छिन् । उनको बिहे समारोहमा ५० जना जति पाहुना सहभागी भएका थिए ।
पछिल्लो ६ वर्षसम्म एक्ली भएपछि आफुले आफैसँग निकै उत्कृष्ट सम्बन्ध कायम गरेको भन्दै ग्रेसले आफैसँग त्यस्तो सम्बन्ध सिर्जना गर्नु निकै अप्ठेरो कुरा रहेको समेत बताएकी छिन् ।
गएको नोभेम्बरमा लण्डनको पार्लियामेन्ट हिलमा आयोजित एक कार्यक्रममा उनले आफैलाई पर्पोज गरेकी थिइन् । अन्ततः उनले डेभोनको एक फार्महाउसमा हालै आफैसँग बिहे गरिन् । विवाहका लागि उनले पहिरन, औँठी लगायतका सामान खरीद गरेकी थिन् ।
उनले ती सबै गरगहना र पहिरन लगाएपछि ऐनामा आफ्नो अनुहार हेरिन् र आफ्नै दर्पणछायालाई चुम्बन गरी आफैलाई बिहे गरिन् ।









घोडालाई पानको लत लागेपछि………..



source:-onlinekhabar.com


भिडियो हेर्न को लागी माथि क्लिक गर्नुहोला

घोडाले घाँसपात तथा दानापानी पो खानुपर्ने हो । यो जनावर चुरोट, सूर्ति तथा पानको अम्मली बन्नु नपर्ने हो । तर भारतमा भने एउटा घोडा पानको अम्मली बनेको छ ।
भारतको मध्यप्रदेशस्थित इन्दौरको राजबाडा चोकमा रहेको एक पसलमा एउटा घोडा दिनहुँ पान खान आउँछ । उक्त पान पसलमा सहरका नामूद मानिसहरु समेत पान खान आउने गर्छन् र दिनहुँ आउने अम्मली घोडा देख्दा अचम्ममा पर्छन् ।
बादल नामको त्यो सेतो घोडाको उमेर ७ महिनाको मात्र छ । तर पछिल्ला केही हप्तादेखि पान पसलको नियमित विशेष ग्राहक बनेको त्यो घोडा मानिसहरुका लागि चर्चाको विषय बनेको छ ।
जिन्सी भन्ने ठाउँका व्यापारी गोलू कश्यपले केही समय पहिले त्यो घोडा किनेर आफ्नो घरमा ल्याएका थिए । गोलूले हरेक विहान बादललाई व्यायाम गराउनका लागि आफ्नो जिपमा बाँधेर खुल्ला मैदानमा दौडाउने गरेका छन् ।
केही दिन पहिले पोलोग्राउण्ड इलाकामा बादललाई दौडको अभ्यास गराएपछि जिपमै बाँधेर उनी पान किन्न राजबाडा आएका थिए । त्यस दिन गोलूले आफुले मात्र पान नखाएर बादललाई पनि मिठा पान खुवाएका थिए ।
त्यसदिन पान खाएपछि घोडालाई निकै मन परेर लत नै लागेछ क्यारे अर्को दिन दौड सकिने बित्तिकै आफुलाई बाँधेको जिपलाई नै राजबाडा तर्फ तान्न थाल्यो । कहाँ जाँदो रहेछ भनेर गोलू घोडाले ताने तर्फ नै जिप हाँके । बादल त राजबाडाको अन्ना भैयाको पान पसलमा गएर टक्क अडियो ।
त्यसपछि बल्ल बुझियो घोडाको पानको अम्मल । अहिले त दिनहुँ सुरुमा घोडालाई बिहानै अन्ना भैयाको पान पसलमा लगेर ४-५ वटा मिठा पान खुवाएपछि मात्र गोलूले दौडको व्यायाम गराउने गरेका छन् । पानको धित नमरुन्जेल बादलले अन्ना भैयाको पान पसलबाट डेग सार्दैन ।













नख्खु जेलको ‘सी ब्लक’ कैदी बन्दीको कब्जामा


source:-onlinekhabar.com


भिडियो हेर्न को लागी माथि क्लिक गर्नुहोला


विभिन्न माग राख्दै कैदी बन्दीले नख्खु कारागारको ‘सी ब्लक’ नियन्त्रणमा लिएका छन् । कैदी बन्दीहरुले झण्डै साढे २ सय कैदीबन्दी रहेको सी ब्लकको मूलगेटमा भित्रबाट ताला लगाएका कारण जेल प्रशासन भित्र जान सकेको छैन ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले पनि बन्दीहरुले तालाबन्दी गरेको पुष्टि गरे । उनले भने-‘सरुवा लगायतको माग गर्दै उनीहरुले गेटमा ताला लगाएका हुन् । जायज मागहरु सम्बोधनको प्रक्रियामा छ, भोलि खोलिन्छ ।’
कैदी बन्दीहरुले कारागार प्रशासनले जेलभित्र आफूहरुलाई दुःख दिएको आरोप लगाएका छन् । आन्दोलनमा उत्रिएका कैदी बन्दीले जेल प्रशासन, नाइके, भाइ नाइके लगायतले मनपरी रकम असुल्ने र कुटपिट गर्ने गरेको आरोप लगाएका छन् ।
‘कैदीबन्दीलाई बन्दक बनाएर पैसा असुल्ने र नदिए मार्ने धम्की दिएका छन्’ एक कैदीले भने-‘हामीले १६ जनालाई सरुवा गर्नुपर्ने माग राखेका छौं ।’
खाद्य सामाग्रीको चर्को रकम असुल्ने गरेको उनीहरुको आरोप छ । बाढीपीडितका लागि भन्दै कैदीबन्दीबाट २ लाख १० हजार उठाइएको तथा ललितपुरको इटीटोलमा फुटबलका लागि भन्दै आफूहरुसँग पैसा असुलेको उनीहरुले बताए ।
जेल प्रशासनले आफूलाई घरबाट पठाएको पैसा खोसेको र नदिँदा कुटेर आफ्नो कानको जाली फुटेको एक कैदीले बताए । कैदीबन्दीहरुले ब्लकको मूल गेटमा ताला लगाएर जेल प्रशासनविरुद्ध नाराबाजी गर्ने गरेका छन् ।












Friday, October 10, 2014

Former crown prince Paras Shah under arrest in Bangkok, again






भिडियो हेर्न को लागी माथि क्लिक गर्नुहोला





                                                                                 source :- nepalnews.com
Nepal's former crown prince Paras Shah, who has been on the news quite a lot lately for his string of arrests on drugs charges, was again picked up on another drug rap in Thailand, on Wednesday. His arrest was confirmed by Nepal's Embassy in Thailand on Friday.

Talking to nepalnews, an official at the embassy in Bangkok (requesting not to be named because of the 'sensitivity' of the issue) said local police officials had informed the embassy about the arrest but the detail and information about the circumstances of the arrest was not yet available.

Images of Paras Shah in handcuffs with Thai police officers around him surfaced on the internet on Friday after local Thai news portal Khai News (nongkhainewsonline.blogspot.com) posted the pictures. Two of the photos show Shah at the Investigation Phonphisai Police Station during what appears to be the police making his arrest public. Sealed packages of what Khai News says are marijuana and methamphetamine is displayed in front of him. Other pictures show Paras Shah in handcuffs at the site of his arrest next to a BMW SUV with the arresting officer showing to plastic bottles and tablets.

Phon Phisai district is located in the Nong Khai Provice in northeastern Thailand.

Two days before his arrest, Paras Shah had posted a status on a page believed to be his saying, " Ok ppl.. Thai Court has cleared me... I was going to deny the charges against me .. That meat the Thai police would be against me... And would be dangerous to my life like last time.... I don't want the police against me as I live here... the court advisers me to accept the charges so I did under they advise me to ...If I deny , that would mean that the police would be against me even though I have proof that i was framed since Three years back in PHUKET and now aswell.. Just the fact that I finish my PHUKET case and the next day I was framed again is enough to make people understand.....my proof. Pls get it translated.. All bull shit.."

Along with the status update, he had also posted a video showing him scrolling through texts in Thai script on his phone.







Thursday, October 9, 2014

हिन्दु राज्यका लागि हतियार उठाउने कांग्रेस नेताको चेतावनी



source:- onlinekhabar.com


नेपाललाई हिन्दु राज्यमा पुनःस्थापित गर्न नेपाली कांग्रेसभित्रको ठूलो समूह संगठित भएको छ । सुरुमा खुमबहादुर खड्काले थालेको यो अभियानमा दर्जनौं सभासद र केन्द्रीय सदस्य सामेल भएपछि कांग्रेस नेतृत्व दबावमा परेको छ ।
‘सनातन हिन्दु राष्ट्र नेपाल नागरिक संघर्ष समिति’को नामबाट बिहीबार काठमाडौं नयाँ बानेश्वरमा आयोजित कांग्रेसको राष्ट्रिय भेलामा एक दर्जनभन्दा बढी केन्द्रीय सदस्य र त्योभन्दा बढी कांग्रेस सभासदहरु सहभागी थिए ।
मञ्चमा पूर्वसभामुख एवम् कांग्रेस नेता तारानाथ रानाभाट, भ्रष्टाचारी ठहर भएर जेल सजायँ भोगेका नेताहरु खुमबहादुर खड्का, चीरञ्जीवी वाग्लेसहित नेताहरु थिए ।
आदिवासी जनजाति समुदायका बरिष्ठ कांग्रेस नेता केबी गुरुङको समेत समर्थन रहेको यो अभियानमा कांग्रेस नेता दीपकुमार उपाध्याय, लक्ष्मणप्रसाद घिमिरे, पूर्णकुमार शेर्मा लिम्बु, मार्शलजुलम शाक्य र दूर्योधन सिंह चौधरी सहभागी भएका छन् ।
भेलामा कांग्रेस सभासदहरु राजीवविक्रम शाही, पार्वती डीसी चौधरी, स्वर्ण ज्वारचन, केशव थापालगायत करीव ३२ सभासद सहभागी भएको आयोजकले बताएका छन् ।
भेलामा कांग्रेस महासमिति सदस्य समेत रहेका अधिवक्ता कुमार रेग्मीले ‘हिन्दु राष्ट्रः नेपालको पहिचान र राष्ट्रियताको आधार’ विषयक कार्यपत्र प्रस्तुत गरेका छन् ।


जबरजस्ती धर्म निरपेक्ष बनाइयो : खुमबहादुर

भेलालाई सम्बोधन गर्दै कांग्रेस नेता खुमवहादुर खड्काले पश्चिमाहरुले नेपाललाई बिखण्डन गर्न क्रिश्चियन धर्म प्रचारका लागि अर्बौं रुपैयाँ लगानी गरेर नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष घोषणा गराएको आरोप लगाए ।
उनले अब नेपाललाई सनातन हिन्दु राज्यमा पुनःस्थापत गर्ने आन्दोलन शुरु हुन लागेकाले देशभरका कांग्रेस कार्यकर्ता तयार भएर बस्नुपर्ने बताए । खड्काले भेलाका सहभागीलाई सम्बोधन गर्दै भने-‘हामी आन्दोलनको तयारीमा छौं, तपाईहरु कम्मर कसेर बस्नुस्, यदि हाम्रो आन्दोलन विरुद्ध हतियार प्रयोग भएमा हामी पनि हतियारबाटै जवाफ दिन्छौं ।’
खड्काले हिन्दु राज्यका लागि हुने आन्दोलनमा बल प्रयोग भएमा र कुनै घटना भएमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालको कुर्सी हल्लिने चेतावनी दिए ।
पूर्वसभामुख तारानाथ रानाभाटले नेपालमा ९० प्रतिशत जनता हिन्दु र बौद्ध सहित ओमकार परिवारका सदस्य रहेकाले सनातन हिन्दु राज्य कायम गराउन आन्दोलन हुने बताए ।
कार्यक्रममा कांग्रेस नेताहरु पूर्णकुमार शेर्मा लिम्बु, पुष्पा भुसाल, रामजीवन सिंह, बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी लगायतले हिन्दु राज्य बनाउने वा नबनाउने विषयमा जनमत संग्रह गर्न चुनौति दिए ।
भेलाले हिन्दु राज्यका लागि आन्दोलन गर्ने निर्णय गर्दै यसका लागि जनमत संग्रह गरे परिणाम मान्य हुने जनाएको छ । भेला आयोजक समितिका संयोजक कांग्रेस नेता हरिबोल भट्टराईले अहिले केही नेताहरुको अगुवाइमा कांग्रेसको अभियान शुरु भए पनि यसमा सिंगो पार्टी पंक्ति सामेल हुने बताए ।
भेलामा सहभागी कांग्रेस सभासदहरुले संविधानसभाभित्र नया संविधानमा नेपाललाई सनातन हिन्दू राज्यका रुपमा कायम राख्न संगठित पहल गर्ने बताएका थिए ।
भेलाका सहभागी नेता कार्यकर्ताहरुले अब हिन्दु राज्य समर्थक सबै पार्टीका नेता कार्यकर्ता र साधुसन्तलाई समेटेर आवश्यक परे सशस्त्र आन्दोलन गर्नुपर्ने सुझाव दिएका छन् ।



महिलालाई दिसा खुवाइयो





म्याग्दी सदरमुकाम बेनीकी एक महिलालाई आफन्तहरुले नै दुर्व्यहार गर्दै मलमुत्र खुवाएका छन् ।
बेनी नगरपालिका-७ क्याम्पस चोककी बानियाँ थरकी महिलालाई मैती थापा र विस्सु केसीले दिसा खुवाइदिएका हुन् । थापा र केसीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको छ ।
आफ्नो चरित्र हत्या गर्न खोजेको विषयमा छलफल गर्नेबेला बानियाँले अपशब्द प्रयोग गरेकाले मलमुत्र खुवाएको उनीहरुले सञ्चारकर्मी सामू स्वीकारेका छन् ।
पीडितका श्रीमानले एक वर्षअघि भान्जी विस्सुको बच्चा बिरामी हुँदा बोक्सीको आरोप लगाएपछि उनीहरुबीच मनमुटाव भएको थियो । सोही विषयलाई लिएर उनीहरुले बानियाँलाई मलमुत्र खुवाएको प्रहरी निरीक्षक विमलकुमार उपाध्यायले जानकारी दिए ।

source :- onlinekhabar.com








Wednesday, October 8, 2014

पदक विजेता विमलालाई इन्चोन पठाउन गुरुको मोटरसाइकल धरौटीमा

source :-onlinekhabar.com


एसियाडमा नेपाललाई एक मात्र पदक दिलाउने करातेकी विमला तामाङलाई दक्षिण कोरिया पठाउन पैसा नभएपछि उनका गुरुले मोटरसाइकल धेरौटी राख्नु परेको खुलेको छ ।
गुरु ध्रुवविक्रम मल्लले आफूले चढ्दै आएको मोटरसाइकल धरौटी राखेर विमला र अनुपमा
 मगरलाई कोरिया पठाएको पाइएको छ । ‘अन्तिम समयमा पैसा पुगेन र मोटरसाइकल वर्कसपमा राखेर पैसा लिए’ मल्लले अनलाइनखबरसँग भनेका छन् ।
उनका अनुसार दुई खेलाडी र एक प्रशिक्षकलाई कोरिया पठाउने क्रममा तीन लाख खर्च भएको छ । तर, एक लाख पैसा अपुग भएपछि मोटरसाइकल नै धरौटी राख्नु परेको उनले बताएका छन् ।
उनका अनुसार विश्व कराते महासंघले स्वीकृत गरेको खेलाडीको ड्रेस, प्याड, चेस्टगार्ड लगायतका लागि एक खेलाडीलाई ६० हजार लाग्छ । दुई खेलाडीको ड्रेसमा गरी १ लाख २० हजार खर्च भएको छ भने हवाइ टिकट लगायतको खर्च पनि उनले नै व्यहोरेका छन् । ‘राखेप भनेको राज्य हो । तर, हाम्रा खेलाडीहरुलाई कुनै सहयोग गरेको छैन’ प्रशिक्षक मल्लले भने ।
आफू अन्तराष्ट्रिय मान्यता प्राप्त कराते संघमा आवद्ध भएकै कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सहयोग नगरेको उनको आरोप थियो ।
राज्यको ढुकुटीबाट खेल्न गएका खेलाडीले भन्दा दुःखका साथ खेल्न गएकी खेलाडीले देशको लागि पदक जित्न सफल भएको उनले बताए । मल्लले भने-‘विमलाको सफलताले खुशी नै दिलाएको छ । एउटा गुरुको लागि यो भन्दा ठूलो खुशी नै अरु के नै हुन्छ र ?’
सफलताको श्रेय गुरुलाई
इन्चोनमा नेपाललाई पदक दिलाए विमलाले पनि आफ्नो सफलताको श्रेय आफ्नो गुरुलाई दिएकी छन् ।
बुधबार दामन पाख्रिन स्मृति प्रतिष्ठानले बिमलालाई नगद ३५ हजारसहित सम्मान गरेको छ । सम्मानपछि विमलाले भनिन्-‘म आज जुन ठाउँमा छु, यो सबै गुरुको कारण हो । उहाँले मलाई सँधै हौसला दिनुभयो । उहाँको सहयोग, प्रेरणा र हौसलाले मलाई आत्मविश्वासी बनायो ।’
सरकार र राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गरेको भए आफू फाइनलसम्म पुग्ने उनको विश्वास थियो । उनले भनिन्-‘यो पटक म कांस्य पदक लिएर घर फर्केको छु, अर्को पटक स्वर्णपदक लिएर आउनेछु । त्यसको लागि म अहिले दैनिक अभ्यास गरिरहेको छु ।’
धादिङ सेम्जुङ-४ की १८ वर्षीया विमलाले करातेको एकल कातामा कांस्य जितेकी थिइन्, जुन इन्चोनमा नेपालले जितेको यो एक मात्र पदक हो ।


शिवलिङ्गले जल पिउन थालेपछि हेर्नेको भिँड थाम्न हम्मेहम्मे/shiva linga


source:-topnepalnews.com


भिडियो हेर्न को लागी माथि क्लिक गर्नुहोला


शिवलिङ्गको मूर्तिले चढाएको जल पिउन थालेपछि हेर्नेको भिँड लाग्न थालेको छ । नवलपरासीको त्रिवेणीधाममा रहेको शिवलिङ्गको मूर्तिले चढाएको जल पिएको हेर्न दर्शनार्थीको घुईंचो लागेको हो ।

मङ्गलबार बिहान मन्दिरको शिवलिङ्गको मूर्तिमा चढाएको जल पिएको स्थानियले बताएका छन् ।
मूर्तिले जल पिएपछि अहिले त्रिवेणीधाममा शिवलिङ्गको मूर्तिले जल पिएको हेर्न हजारौं
दर्शनार्थीको घुइँचो लागेको छ ।

शिवलिङ्गको मूर्तिमा चम्चामा पानी राखेर चढाउँदा पिइराखेको समाचार यहाँका रेडियोहरुले निरन्तर प्रशारण गरिरहेपछि हेर्न जानेहरुको भिँड थाम्न हम्मे हम्मे परेको छ ।

शिवलिङ्गको मूर्ति रहेको स्थानमा अहिले दजनौंको संख्यामा प्रहरी परिचालन गरिनुका साथै स्थानियले लाइन व्यवस्थापन गरेर हेर्नजानेहरुलाई व्यवस्थित गराइरहेका छन् ।

शिवलिङ्गको मूर्तिले जल पिएको खवर भारत सम्म पुग्दा भारतबाट समेत सयौं शिव भक्तहरु गाडि रिजर्भ गरेर आउन थालेका छन् ।

Tuesday, October 7, 2014

बलिउड स्टार आमिर खान काठमाडौंमा

source :- nagariknews.com

बलिउड स्टार अभिनेता अमिर खान बुधवार कपिलवस्तु आउने निश्चित भएको छ। युनिसेफकाले जिल्लाको पकडी स्वास्थ्य चौकीमा पोषण सम्बन्धी राखेको कार्यक्रममा सहभागी हुनेछन्।
युनिसेफको पोषण सम्बन्धी कार्यक्रमको सद्भाव दूत रहेका आमिरले कुपोषणबिरुद्धको अभियानमा अभिप्रेरणा जगाउनका लागि त्यहाँ आउने कार्यक्रम तय भएको युनिसेफ स्रोतले जनाएको छ। मंगलवार काठमाडौं आइपुगेका उनी राजधानीको होटल द्वारिकाजमा बसेका छन्। बुधवार बिहान विशेष विमानबाट भैरहवा हुँदै उनी पडकी आउने छन्।


पकडीमा बिहान ८ बजेदेखि ९ बजेसम्म हुने कार्यक्रममा उनले सहभागिता जनाउने छन्। अतिकुपोषित जिल्लाको सूचिमा रहेको तथा बाल विकास अभियान समेत सञ्चालित जिल्लामा उनले त्यस इलाकाका महिला स्वंमसेविका, स्वास्थ्यकर्मी र समुदायसँग छुट्टा छुट्टै भेटघाट र छलफल गर्ने कार्यक्रम छ।


सुरक्षा व्यवस्था कडा
भारतसँग सीमा जोडिएको जिल्लामा बलिउडका स्टार हिरो आउने कार्यक्रम तय भएपछि स्थानीय प्रशासनले उनको भ्रमण क्षेत्रमा कडा सुरक्षा व्यवस्था अपनाउँदैछ। उनको सुरक्षाका लागि प्रहरीले भैरहवाको गौतम बुद्ध विमानस्थलदेखि पकडीसम्म मंगलवारदेखि नै ब्यापक प्रहरी परिचाल गरिसकेको छ।

बुधबार हुने कार्यक्रम स्थलमा मंगलार साँझदेखि बाक्लै सुरक्षाकर्मी परिचालित छन्। तोकिएका बिशेष ब्यक्ति बाहेक अन्यलाई कार्यक्रम हल भित्र प्रबेश निषेध गरिएको छ।

कपिलवस्तुका १५ प्रतिशत बढी बालबालिका कुपोषणबाट पीडित छन्।