Wednesday, November 19, 2014

मान्छेको मासु खाने र बेच्नेलाई २३ वर्ष कैद



भिडियो हेर्न को लागी माथि क्लिक गर्नुहोला
source:-onlinekhabar.com


 ब्राजिलमा एक दम्पतीले मान्छे मारेर विभिन्न परिकार बनाउँदै खाने र बेच्ने गरेको त्यहाँको अदालतले प्रमाणित गरेको छ ।
उनीहरुले पृथ्वीको सफाइ गर्न र मान्छेको संख्या घटाउन त्यसो गरेको अदालतलाई जवाफ दिएका छन्

एक महिलाको मासु खाने र परिकार बनाएर बिक्री गर्ने तीन जनाले जेल सजायँ पाएका छन् । अरु महिलाको हत्यावापत उनीहरुलाई सजायँ हुन बाँकी छ ।
उत्तरपूर्वी ब्राजिलकी एक महिलालाई हत्या गरी उनको शव खाएको मामिलामा दोषी ठहर गर्दै अदालतले तीन जनालाई २० देखि २३ वर्षसम्मको सजायँ सुनाएको हो ।
जर्ज बेलट्राओ डी सिल्वेरालाई २३ वर्षको सजायँ सुनाइएको छ भने उनकी श्रीमती असाबेल पायर्स र महिला साथी ब्रुनालाई २०/२० वर्षको कैद तोकिएको छ ।
उनीहरुले एक महिलाको शवको परिकार तयार गरी छिमेकीहरुलाई बेचेको अभियोग प्रमाणित भएको छ ।
उनीहरुले अरु दुई जना महिलाको हत्या गरेको समेत स्वीकार गरेका छन् । त्यसबापत उनीहरुले निकट भविश्यमै थप सजायँ पाउनेछन् ।
अभियुक्तहरुले महिलालाई जागिर दिने लोभ देखाउँदै आफ्नो घरमा बोलाएर हत्या गरेका थिए । त्यसपछि उनको शवको परिकार बनाउँदै खाने र बेच्ने काम गरेका थिए ।
महिलाको हत्या गरी शव खाने ती व्यक्तिले आफूहरु पृथ्वीको सफाइ गर्ने तथा मानिसको संख्या घटाउने अभियानका सदस्य रहेको र सोही कारण आफूहरुले महिलाको हत्या गरेको बताएका छन् ।


















सावधान ! एकपटक चुम्बन गर्दा सर्छन् ८ करोड जिवाणु



भिडियो हेर्न को लागी माथि क्लिक गर्नुहोला

source:-onlinekhabar.com


सेकेण्डको एक चुम्बनका बेला चुम्बन गर्ने एक मानिसको मुखबाट अर्को मानिसको मुखमा ८ करोड वटा जिवाणु सर्छन् । आङै जिरिंग हुने यो तथ्य नेदरल्याण्डका वैज्ञानिकहरुको पछिल्लो
अनुसन्धानबाट पुष्टि भएको छ । अनुसन्धानकर्ताहरुले २१ जोडीको चुम्बन क्रियामा गरेको अध्ययनबाट दिनमा नौ पटक एक दोश्रोसँग चुम्बन गर्ने मानिसमा र्याल वा थुकका माध्यमबाट जिवाणु सर्ने सम्भावना निकै बढि हुने देखिएको छ । अध्ययन अनुसार मानिसको मुखमा झण्डै ७ सय प्रकारका जिवाणु करोडौँको संख्यामा हुन्छन् । यी मध्ये केही जिवाणु निकै तिब्र गतिमा एकबाट अर्कोमा सर्छन् । माइक्रोबियम जर्नलमा प्रकाशित अध्ययनका क्रममा चुम्बन गर्ने जोडीहरुलाई वर्षमा कतिपटक मुख जोडेर चुम्बन गरियो ? तथा अन्तिमपटक कहिले चुम्बन गरियो ? भन्ने लगायतका प्रश्न सोधेका थिए । वैज्ञानिकहरुले अध्ययनमा संलग्न गराइएका जोडीको जिब्रो तथा र्यालको नमूना सुरुमा लिए । त्यसपछि उनीहरुलाई १० सेकेण्ड चुम्बन गर्न लगाइयो र त्यसपछि पुनः नमूना लिइयो ।

त्यसक्रममा पार्टनरलाई प्रोबायोटिक डि्रंक पिउन दिइयो, जसको माध्यमबाट जिवाणुहरुको सहजै पहिचान गर्न सकिन्थ्यो ।
यसरी चुम्बन अगाडि र चुम्बन पछाडिको नमूनाको परीक्षणबाट १० सेकेण्डको एक चुम्बनका क्रममा झण्डै ८ करोड जिवाणुहरु एकबाट अर्को पार्टनरको मुखमा सरेको पाइयो ।
साथै वैज्ञानिकहरुले ‘फ्रेन्च किस’ बाट सबैभन्दा धेरै जिवाणु सर्ने समेत बताएको टाइम अनलाइनले जनाएको छ ।